Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा


काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजनाअन्तर्गत पहिलो विजेता लक्की ड्रमार्फत घोषणा गरेको छ ।

बुटवलको ड्राइभवे ह्विल्स प्रालिबाट डब्लुआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्रमार्फत तीन लाख ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका छन् । यस योजनाअन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी दुई लाखसम्मको नगद छुट, एक वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, एक वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, तीन वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, तीन वर्षसम्मको लागि स्पेयर पार्ट्समा सात प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले तीन लाख ५० हजार रुपैयाँसम्मको क्यासब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया