Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआइवार्ट सर्ट फिल्म फेस्टिवलको आवेदन खुल्ला

आइवार्ट सर्ट फिल्म फेस्टिवलको आवेदन खुल्ला


काठमाडौं । रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइनमा कार्यरत महिला सञ्चारकर्मीहरुको अन्तर्राष्ट्रिय छाता संगठन आइवार्ट नेपाल च्याप्टरले ‘तेस्रो आइवार्ट सर्ट फिल्म फेष्टिवल २०२१’ को आवेदन खुल्ला गरेको छ ।

फिल्म निर्माण, निर्देशन, लेखनलगायतका क्षेत्रमा महिलाको सहभागिता बढाउन सन् २०१८ बाट फिल्म फेष्टिवल आयोजना हँुदै आएको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष मन्टेश्वरी राजभण्डारीले बताइन् । सर्ट फिल्म फेष्टिवलमा सहभागिताको लागि ३ देखि १५ मिनेटसम्मको फिल्म हुनुपर्ने, महिला निर्देशक हुनपर्ने, फिल्म एफएचडी फरम्याटमा हुनुपर्नेछ । फिल्मको लागि नोभेम्बर १६ तारिखसम्म डेटलाइन रहेको सर्ट फिल्म फेस्टिबलकी संयोजक इच्छा गुरुङले बताइन् ।

फेस्टिवलमा फिल्म विषयमा अध्ययनरत विद्यार्थीहरु, सञ्चारकर्मी तथा फिल्म निर्माणमा रुचि भएका विभिन्न क्षेत्रमा आबद्ध भएकाहरुले फिल्म सहभागिता जनाउँदै आएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण २०१९ बाट फिल्म फेष्टिवल भर्चुअल माध्यमबाट हुँदै आएको र यस वर्ष पनि भर्चुअल माध्यमबाट नै हुने आयोजकले जनाएको छ । गत वर्ष संगीता श्रेष्ठको ‘आइसक्रिम’ र रजिला श्रेष्ठको ‘लाखे’ विजेता बनेका थिए भने निशा मानन्धरको ‘आई एम अ फाइटर’ फष्र्ट रनरअप भएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया