Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा जावा मोटरसाइकल राइड आयोजना

नेपालमा जावा मोटरसाइकल राइड आयोजना


काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ । क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालकहरूले यात्रा गरेका थिए ।

नेपाल भारतीय उपमहाद्वीपभर प्रिमियम दुई पाङ्ग्रेको बजारको रुपमा उदाउँदै आएको छ । यसले जावा मोटरसाइकलका लागि महत्वपूर्ण अवसरको प्रतिनिधित्व गर्दछ । जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ । क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखी भारतमा जावा ब्रान्डको मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको छ र आफ्नो आधारलाई विस्तार गर्ने योजना बनाएको छ ।

नेपालमा ब्राण्डलाई अझ बढी सुदृढ तुल्याउने र भारतमा जस्तै जावा प्रेमीहरूको मन जित्ने कम्पनीको आशा छ । देशभर र बाहिर जावा समुदाय (जावा कोम्युनिटी)को निर्माण र स्थापना जावाको यात्राको अभिन्न हिस्सा भएको छ । जावा राइडरहरूले सधैं नयाँ भूभागहरू अन्वेषण गर्ने र ब्रान्डसँग नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजिरहेका हुन्छन् ।

नेपालको जावा समुदायले प्राप्त गरेको लगाव र स्नेहले ब्रान्डको विस्तार गर्ने क्षमताको विश्वासलाई बलियो बनाएको छ । यस ब्राण्डले नेपालका प्रमुख सहरहरू जस्तै काठमाडौं, पोखरा, बिर्तामोड, बिराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङ्गमा सफलतापूर्वक डिलरसिप स्थापना गरेको छ । भविष्यमा थप विस्तार गर्ने योजना रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया