Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको नयाँ फोल्डेबल फोनले नोट सिरिजको बिक्रीलाई उछिन्यो

सामसङको नयाँ फोल्डेबल फोनले नोट सिरिजको बिक्रीलाई उछिन्यो


काठमाडौं । सामसङको नयाँ फोल्डेबल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ । हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फिल्प थ्री स्मार्ट फोनहरुले नेपालमा छोटो अवधिमा नै कीर्तिमानी कमाएका हुन् । एउटा सानो पर्सको आकारमा आएका यी फोनहरु धेरै बिक्रेता, उद्योगी व्यवसायी एवं प्रयोगकर्ताको मन जित्न सफल भएका हुन् ।

सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फिल्प थ्री स्मार्टफोनहरुको बिक्री सुरुवात भइसकेपछि यिनको बिक्रीले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ । यी स्मार्ट फोनहरुका बिक्रेता र खुद्रा बिक्रेताहरुले अहिले यी फोनको माग समेत धान्न नसक्ने अवस्था आइसकेको बताएका छन् । उनीहरुले यी फोन प्रयोग गर्न चाहनेहरुलाई केही समय धैर्य गर्न समेत सुझाउन थालेका छन् । सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री र जेड फिल्प थ्री स्मार्ट फोनहरुमा भएको ठूलो स्क्रिन एवं आकर्षक साइजलगायतले यी फोनहरुतर्फ मानिसको आकर्षण बढाएको छ । स्मार्टफोन प्रयोग गर्ने झण्डै ६० प्रतिशत युवापुस्ताले अहिले यी नयाँ फोनमा चासो राखेको पाइएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया