Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक

चांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक


काठमाडौं । धेरै प्रतीक्षापछि, चीनको नम्बर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो, अन्ततः नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरु प्रस्तुत गर्दै छ । सबै अटोमोबाइल उत्साहीहरुका लागि प्रतीक्षा लगभग समाप्त हुन गइरहेको छ । कम्पनीले दुई वर्षभित्र पाँचवटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्ने जनाएको छ ।

चांगन अटोले आफ्नो प्रिमियम सेडान, ‘एल्सभिन’को आगमनसँगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ । यस गाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आराम, र कार्यक्षमताको मिश्रणको अनुभव गर्ने कम्पनीको दाबी छ । १.४ लि. ब्लू कोर इन्जिनद्वारा सञ्चालित, एल्स्भिन ७–इन्च फ्लोटिङ इन्फोटेनमेन्ट टच स्क्रीन प्रणालीसँग आउँछ ।

एल्सभिनपछि, एक प्रिमियम लाइफस्टाइल पिक अप हन्टर, नेपाली सडकमा अनुग्रह हुन गइरहेको छ । हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन सकिन्छ । हन्टरमा २३० एमएमको ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ, जसले गर्दा यसलाई पूर्ण अफ–रोडर बनाउँछ । एल्स्भिन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् । २०२२ वर्षको सुरुवात लक्जरी एसयूभी, ‘ओसान एक्स ७’ को लन्चसँग हुनेछ । ओसान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ । यसपछि मध्यम आकारको स्टाइलिस एसयूभी, ‘सीएस ३५ प्लस’ लन्च गरिनेछ । सीएस ३५ प्लसले गुणस्तर डिजाइनसँगै आरामदायी ड्राइभिङ अनुभव पनि प्रदान गर्दछ ।

२०२२ एक उच्च एसयूभी ‘युनि–टी’को आगमनसँग समाप्त हुनेछ । यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ, अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन् । युनि–टी उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया