Techie IT
×
गृहपृष्ठकर्पोरेटदराजको शपिङ फेस्टिभल ११.११ कात्तिक २५ गते हुने

दराजको शपिङ फेस्टिभल ११.११ कात्तिक २५ गते हुने


काठमाडौं । सबैभन्दा ठूलो अनलाइन शपिङ फेस्टिभल ११.११ फेरि सुरु हुन गइरहेको छ । ११ लाख उत्पादनहरूमा पाँच करोडको छुटसहित दराजले ११.११ को चौथो संस्करण कात्तिक २५ (११ नोभेम्बर २०२१)मा सुरु हुने कम्पनीले घोषणा गरेको छ ।

दशैँ धमाका अभियानको सफलतालगायत दराजले निर्बाध रूपमा आफ्नो ध्यान वर्षकै सबैभन्दा ठूलो अभियानमा सारेको छ । यो भव्य अवसरको लागि तयारी गर्न दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिली १४ सय बढी नयाँ कर्मचारी, कस्टुमर केयर एजेन्ट र एक हजार डेलिभरी हिरोजहरू भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको कम्पनीले जनाएको छ ।

यस वर्षको ११.११ मा ११ लाखभन्दा बढी उत्पादनहरू प्रस्तुत गर्ने तथ्यलाई ध्यानमा राख्दै कम्पनीले देशभरका ४७ भन्दा बढी सहरहरूमा सहज र छिटो डेलिभरी सुनिश्चित गर्नको लागि एक हजारभन्दा बढी डेलिभरी सवारीसाधनहरू थप गर्नु साथसाथै सात लजिस्टिक पार्टनर्सहरुसँग साझेदारी गरी आफ्नो शिपिङ क्षमता पनि बढाएको छ ।

दराजले यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको जनाएको छ । विगत एक वर्षमा दराजले आफ्नो डेलिभरी गति सुधार गर्न, डेलिभरी स्थानहरू वृद्धि गर्न, एसएमईहरूको उत्थान गर्न, लाइभ स्ट्रिमिङमार्फत नयाँ नवीन अनुभवहरू सिर्जना गर्न, ग्राहकहरूलाई रिवार्ड पोइन्टहरू प्रदान गर्न र गठबन्धनहरू बनाउनमा ठूलो लगानी गरेको छ । साथै पछिल्ला केही वर्षहरूमा सम्पूर्ण ई–कमर्स इकोसिस्टम विकास गर्न दराजले थुप्रै ब्रान्ड, मिडिया, डेलिभरी र पेमेन्ट पार्टनरहरुसँग नि साझेदारी गर्दै आएको कम्पनीले जनाएको छ ।

देशभरका प्रयोगकर्ताहरूका लागि अनलाइन किनमेलको अनुभव बढाउने वर्षभरको प्रयासको मूर्तस्वरूप यस वर्षको ११.११ अभियान हुने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया