Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालको बजारमा चेरी टिग्गो ४ प्रो सार्वजनिक

नेपालको बजारमा चेरी टिग्गो ४ प्रो सार्वजनिक


काठमाडौं । सारडा ग्रुपअन्तर्गतको कम्पनी एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा चेरी अटोमोबाइल्स कम्पनी लिमिटेडको आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ । साथै एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयूभी पनि सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार चेरी टिग्गो ४प्रो एसयूभी तीन भेरियन्टमा उपलब्ध छ । १.५ लि. नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेचुरल्ली एस्पिरेटेड सीभीटी र १.५ लि. टर्बो चाज्र्ड ९ स्पिड गियर बक्स सीभीटी इन्जिन । नेचुरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट (११५ पीएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लि. टर्बो चाज्र्ड सीभीटी इन्जिनले अधिकतम पावर ११५ किलोवाट (१४७ पीएस) तथा अधिकतम पावर २१० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो ४ प्रोको प्रमाणित माइलेज १४.७ किमि प्रतिलिटर रहेको छ । नयाँ टिग्गो ४प्रो एसयूभीमा ४३१८ एमएम लम्बाई, १८३० एमएम चौडाइ, २६१० एमएम ह्विलबेस र १६७० एमएमको उचाइ रहेको छ । टिग्गो ४ प्रो एसयूभीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छ ।

नयाँ टिग्गो ४प्रो एसयूभीमा नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टी ह्विल समावेश गरिएको छ । यसका साथै डायमन्ड इन्टेक ग्रिल, क्रिस्टल डायमन्ड लेन्स एलईडी हेडलाइट, जी–टाइप डीआरएल र साइड स्कर्टले स्पोर्टी लुक्स प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एसयूभीमा पावर्ड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेण्ट लेदर सिट पाउन सकिन्छ । चेरी टिग्गो ४ प्रो एसयूभीको इन्टेरियर सरल र आकर्षक छ । यसमा डी–टाइप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ्ग ह्विल, ७ इन्च एलसीडी मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटोसहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, रियर आर्मरेस्ट र सेकेन्ड रो एसिभेन्टजस्ता विशेषताहरु छ । टिग्गो ४ प्रो एसयूभीमा पुस स्टार्ट बटन र पीईपी एस रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभीमा सुरक्षाको दृष्टिकोणले लागि ६ रिङ्ग एयरव्याग, एबीएस ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, टीसीएस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्चलकहरु राखिएको छ । नयाँ टिग्गो प्रो एसयूभीले ईपीबीका साथै अटो होल्ड प्रविधि अपनाएको छ ।

टिग्गो ४ प्रो एसयूभी विभिन्न ६ रङ्ग आईसी एक्स ब्लू, जेवेल रेड, नास्ड्याक सिल्भर, न्यू खाकी रेड, सेलाडोन ऐस, कार्बन क्रिस्टल ब्ल्याकमा उपलब्ध छ । कम्पनीका अनुसार टिग्गो ४ प्रो १.५ लि.को मूल्य ४६ लाख २० हजार रुपैयाँ, टिग्गो ४ प्रो १.५ लि. सीभीटीको मूल्य ५२ लाख ५० हजार रुपैयाँ र टिग्गो ४ प्रो १.५ टी ‘टर्बो’ सीभीटीको मूल्य ५८ लाख ४० हजार रुपैयाँ रहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया