Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना

सामसङको ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना


काठमाडौं । स्मार्टफोन ब्राण्ड कम्पनी सामसङले नेपालीहरुको चाडपर्वको माहोलमा अझै हर्षोल्लास तथा उमङ्ग थप्न ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ३० दिनसम्म हरेक दिन तीन भाग्यशाली ग्राहकहरुले कुनै पनि सामसङको स्मार्टफोन वा ट्याब्लेटको खरिदमा पाँच ग्रामको सुनको सिक्का जित्न सक्नेछन् । सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिनलागेको कम्पनीले जनाएको छ । ग्राहकहरुले केबल एउटा एसएमएस गरेर यो योजनामा भाग लिन पाउनेछन् । कम्पनीका अनुसार विजेताहरु फेसबुक लाइभमा लक्की ड्रमार्फत छनौट गरिनेछ । यो योजना कात्तिक १५ गतेदेखि मंसिर १४ गते, २०७८ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।

यस योजनाले चलिरहेको चाडपर्वहरुलाई थप विशेष बनाउने र सुनको सिक्का धन र समृद्धिको प्रतीक भएकोले यो योजनाले चाडपर्वको उत्सवमा ग्राहकहरुको जीवनमा अझै उमङ्ग थपिने सामसङको विश्वास रहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया