Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखुकुरी रमको प्याकेजिङ परिवर्तन

खुकुरी रमको प्याकेजिङ परिवर्तन


काठमाडौँ । नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ । स्थापनाको ६२ वर्षपछि कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उत्रिने निर्णय गरेको हो ।

यो निर्णयअनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाइएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन गरिनेछैन । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउने कम्पनीले जनाएको छ ।

खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेको पनि कम्पनी भनाइ छ । हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुनलागेको हो ।

खुकुरी रमको वर्षौँदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिष्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्वबजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टिलरिजका महाप्रबन्धक शुभाष लामिछानेले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया