Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ ल्याउने

रियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ ल्याउने


काठमाडौँ । तीव्रगतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरिजअन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार यही कात्तिक २४ गते उक्त स्मार्टफोन नेपालमा सार्वजनिक गरिनेछ । यो फोन आकर्षक सुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

जीटी सिरिज रियलमीको फ्लागसिप सिरिजअन्तर्गत पर्दछ, जसमा प्रविधिप्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकांश स्मार्टफोनहरुले जीटी सिरिजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्, रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पूरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरिज लिएर आउँदै छन् ।

चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाखभन्दा धेरै बिक्री भइसकेको छ । नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरिजको रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन टीएम आठ सिरिज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ, जसको घोषणा सामाजिक सञ्जालमार्फत रियलमीको सीएमओ र चेसले गरेको थियो ।

कम्पनीका अनुसार डिजाइन सधैँ रियलमी जीटी सिरिजको महत्वपूर्ण पक्ष रहेको छ, यसपटक रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्तताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ । मूल्य घटाउनको लागि जीटी नियो २ ले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने पनि कम्पनीको दाबी छ । कम्पनीले सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिपको आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदै छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया