Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्टले २९ प्रतिशत लाभांश वितरण गर्ने

शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौँ । सिमेन्ट उत्पादक कम्पनी यस शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । शिवम् सिमेन्ट्स लिमिटेडको मंगलबार भएको पब्लिक कम्पनीमा परिणत भइसकेपछिको छैठौं वािर्षक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त वार्षिक साधारणसभामा कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजी चार अर्ब ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने करसहित) हुन आउने एक अर्ब २७ करोड ६० लाख रुपैयाँ मात्र नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै सभाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आव २०७८।०७९ को आयव्ययको लेखापरीक्षण गर्न सुबोध एसोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।

यस्तै कम्पनीले वितरण गर्ने नगद लाभांश सर्वसाधारण सेयरधनीहरुलाई सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि.ले बैंक खातामा जम्मा गरिदिने कम्पनीले जनाएको छ । साथै कम्पनीले नगद लाभांश प्राप्त गर्नको लागि आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउन्टमा अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया