Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो डेभलपर्स कन्फरेन्समा ओप्पोद्वारा नवप्रवर्तनात्मक प्रविधि सार्वजनिक

ओप्पो डेभलपर्स कन्फरेन्समा ओप्पोद्वारा नवप्रवर्तनात्मक प्रविधि सार्वजनिक


काठमाडौं । ‘बिल्डिङ अ बेटर फ्यूचर टुगेदर’ थिमका साथ ओप्पोले २०२१ ओप्पो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ । सम्मेलनमार्फत ओप्पोले ओमोजी, रे ट्रेसिङ र हेटेरोजिनस कम्प्युटिङजस्ता प्रविधिहरुका साथै, आफ्नो नयाँ ओप्पो हेल्थ एण्ड कारलिंक ब्यवसायको घोषणा पनि गरेको छ ।

‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै अन्तर्क्रियाका प्रवृत्तिहरु समेत बृहत् तथा विविध छन् । विकासकर्ताहरु प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो’, ओप्पोका उपाध्यक्ष तथा ओप्पो रिसर्च इन्स्टिच्युटका अध्यक्ष लेभिन ल्यूले भने, ‘ओप्पो आफ्ना विकासकर्ताहरुलाई चुनौतीहरुको सामना गर्न तथा प्रयोगकर्ताहरुका लागि सुदृढ भविष्यको निर्माणमा सहकार्य तथा सशक्तीकरणका लागि समर्पित छ ।’

ओप्पोले प्रयोगकर्ताहरुमाझ उत्कृष्ट सेवा अनुभव पु-याउँदै बहुसंख्यक मानिस तथा उपकरणहरुबीच प्राकृतिक अन्तर्क्रियाका लागि त्रुटिरहित अन्तर्सम्बन्ध स्थापित गर्दै प्रयोगकर्ता केन्द्रित सर्वव्यापी सेवा अनुभव उपलब्ध गराउने परिकल्पना गरेको छ । यस्तो भविष्यका लागि सुदृढ भिज्यूअल्स, कुशल कम्प्युटिङका साथै बहुसंख्यक उपकरणहरुबीच घनिष्ठ जडानको आवश्यकता पर्दछ । आफ्नो यस परिकल्पनालाई साकार पार्ने कार्यमा ओप्पोलाई साथ दिन विकासकर्ताहरुको क्षमता अभिवृद्धिका लागि कम्पनीले विभिन्न प्राविधिक क्षमताहरुको शृंखला नै सार्वजनिक गरेको छ ।

परिष्कृत भिज्यूअल्सका लागि, ओप्पोको ओमोजी र रे ट्रेसिङ प्रविधिहरुले विकासकर्ताहरुलाई एप्स तथा गेम्समा जीवन्तता प्रदान गर्न सघाउनेछ । ओप्पोले कलरओएसमार्फत एआई सञ्चारित ओमोजी प्रविधि ल्याएको छ । यसमा रहेको डिप लर्निङ मोडल्स र शक्तिशाली एआई अल्गोरिदमहरुमार्फत यसले अनुहारका सूक्ष्म भावहरु खिच्न र पुनरुत्पादन गर्ने क्षमता राख्छ । यसले गर्दा भर्चुअल संसारमा प्रयोगकर्ताहरुका सटिक अवतारहरु बनाउन सकिन्छ ।

भल्क्यान प्रविधिमा आधारित तथा रे ट्रेसिङ सक्षम मोबाइल हार्डवेयरको अर्को पुस्ताका लागि निर्मित, ओप्पो रे ट्रेसिङले वास्तविकता नजिक विवरणहरू पुनः उत्पादन गरी प्रयोगकर्ताका लागि सुदृढ दृश्यानुभूति प्रदान गर्ने क्षमता बोकेको छ । ओप्पोले मोबाइल उपकरणहरूमा यसको प्रोटोटाइप विकास गर्ने कार्य सम्पन्न गरिसकेको छ र सन् २०२२ को छ महिनाभित्रै विकासकर्ताहरूका लागि प्राविधिक क्षमतामाथि पहुँच प्रदान गर्ने योजना बनाएको छ । थ्रीडी लाइभ वालपेपर्स, इमेज फिल्टर्स र एआरजस्ता क्षेत्रमा रे ट्रेसिङ टेक्नोलोजीको व्यापक प्रयोग सम्भावना रहेको छ ।

कम्प्युटिङको आवश्यकता दिनानुदिन बढ्दै गइरहेका छन् र समयसँगै तिनको क्षमतामा व्यापक वृद्धि हुनु आवश्यक छ । ओप्पोले प्रदर्शन र पावर अप्टिमाइजेसन समाधानका रुपमा हेटेरोजिनस कम्प्युटिङ सार्वजनिक गरेको छ । यसले विभिन्न कोर्स, थ्रेड्स तथा प्रोसेसरहरूको अझ प्रभावकारी रूपमा प्रयोग गर्ने क्षमता बोकेको छ । ओप्पोको हेटेरोजिनस कम्प्युटिङ क्षमताहरूका माध्यमबाट विकासकर्ताहरूले अझ सजिलैसँग अनुप्रयोग कार्यसम्पादन समस्याहरू समाधान गर्न र कार्यक्रमहरूलाई छिटो र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्नेछन् ।

आजको समयमा, मानिसहरूका घर तथा कार्यस्थल उपकरणहरूले भरिएका छन्, तर कारहरू अझै पनि आवश्यक मात्रामा जोडिन सकेका छैनन् । सर्वव्यापी सेवालाई वास्तविकतामा परिणत गर्नका लागि कारहरूलाई पनि मानिसहरूको डिजिटल जीवनमा एकीकृत गर्न आवश्यक छ । ओप्पोले कारको ढोका खोल्ने र स्मार्टफोनमार्फत कारको स्क्रिनमा कास्ट गर्ने जस्ता धेरै कार्यहरू सम्पादन क्षमता बोकेको ओप्पो कारलिंक सोल्युसन प्रस्तुत गरेको छ । ओप्पो कारलिंकले विकासकर्ताहरूलाई कारसँग सम्बन्धित उत्पादनहरू निर्माण गर्न सजिलो पहुँच प्रदान गर्दै स्मार्टफोन र कारहरू जडान गर्ने क्षमता विस्तार गर्नेछ । ओप्पो कारलिंक हाल ७० भन्दा बढी कम्पनीहरूसँग साझेदारी गरिरहेको छ ।

ओप्पोले निवारक चिकित्सा हेरचाह र जीवनशैली परिवर्तनमा केन्द्रित ओप्पोको स्वास्थ्य व्यवसाय, ओप्पो हेल्थको स्थापनाको औपचारिक घोषणा पनि गरेको छ । सेन्सर, एल्गोरिदम, डाटा र बायोमेडिकल इन्जिनियरिङद्वारा सञ्चालित, ओप्पो हेल्थले राम्रो स्वास्थ्य सेवा समाधानका लागि प्रयोगकर्ता र स्वास्थ्य सेवा प्रदायकहरूलाई निरन्तर र दीर्घकालीन डाटा, मोडलहरू र प्रतिक्रियाहरू प्रदान गर्ने लक्ष्य बोकेको छ ।

सन् २०२१ को सुरुवातसँगै स्थापित ओप्पो हेल्थ ल्याब, निद्रा, खेलकुद, हृदय स्वास्थ्य, र टेलिमेडिसिन जस्ता क्षेत्रहरूमा केन्द्रित बहु–विषयिक आरएण्डडी समूह हो । ओप्पोले स्वास्थ्य उद्योगका सहयोगीहरूका लागि डाटा संकलन, विश्लेषण र एप विकासमा सहयोगका साथै उनीहरूको अद्वितीय स्वास्थ्य अनुसन्धानमा मद्दत गर्न र अन्ततः ओप्पोको स्वास्थ्य इकोसिस्टममा एक स्वतन्त्र एपमा रूपान्तरण गर्न डिजाइन गरिएको उपकरणहरूको सेट ‘ओप्पो हेल्थ रिसर्च किट’ पनि सार्वजनिक गरेको छ ।

ओप्पोले ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ मिसनको पालना गर्दै विकासकर्ता तथा साझेदारहरूलाई इन्टेलिजेन्ट अनुभवको युगमा खुला र ‘विन–विन’ मानसिकताका साथ काम गर्न निम्तो दिएको छ । ओप्पोले विश्वभरका प्रयोगकर्ताहरूका लागि विविध र निर्बाध प्रविधि अनुभवहरू सिर्जना गर्न थप विकासकर्ताहरूसँग काम गर्ने लक्ष्य बोकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया