Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालगञ्जमा जिपको नयाँ शोरुम

नेपालगञ्जमा जिपको नयाँ शोरुम


काठमाडौं । नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले नेपालगञ्जमा नयाँ शोरुम सुरु गरेको छ । गजानन् अटो ट्रेडिङले नेपालगञ्जमा जिपको आउटलेट सञ्चालनमा ल्याएको हो ।

उक्त शोरुमको नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले प्रतिष्ठित जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए । त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप शोरुमको अपेक्षा गरिरहेको बताए ।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको छ । जिपले यसै आर्थिक वर्षमा पाँच अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्ने बताइएको छ । जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबीसै घण्टा र तीन सय ६५ दिन सेवा दिइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया