Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ विन्टर स्किम योजना : १५ जनाले जिते सुनको सिक्का

सामसङ विन्टर स्किम योजना : १५ जनाले जिते सुनको सिक्का


काठमाडौँ । सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको पहिलो लक्की ड्र मंगलबार सम्पन्न भएको थियो । उक्त लक्की ड्रमा यही नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ ।

उपहार योजनामा सहभागी हुन उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ । पहिलो लक्की ड्रमा यही १ देखि ५ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ । लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधानअनुसार उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो । अब बाँकी चार हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । पहिलो लक्की ड्रमा १५ जना भाग्यशाली विजेताले पाँच ग्राम सुनको सिक्का प्राप्त गरेका छन् ।

विजेताहरुको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको कम्पनीले जनाएको छ । उनीहरुलाई सात दिनभित्र आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न आउन पनि कम्पनीले आग्रह गरेको छ । पाँच ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसङ मोबाइल वा ट्याब खरिद गरी योजनामा सहभागिता जनाउन पनि कम्पनीले आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया