Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी जीटी नियो २ नेपालमा सार्वजनिक

रियलमी जीटी नियो २ नेपालमा सार्वजनिक


काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले औपचारिक रुपमा नेपालमा रियलमी जीटी नियो २ सार्वजनिक गरेको छ । यसको मूल्य नेपालमा ५४ हजार एक सय ९९ रुपैयाँ पर्छ । साथै यसमा ८/१२८ जीबी स्टोरेज रहने कम्पनीले जनाएको छ  ।

लोकप्रिय फ्लागसिप किलर रियलमी जीटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जीटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको र यसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिने कम्पनीको दाबी छ । सुरुका ग्राहकहरुले तोकिएभन्दा तीन हजार कम ५१ हजार १ सय ९९ रुपैयाँमा यो मोबाइल फोन खरिद गर्न पाउनेछन् ।

रियलमी जीटी नियो २ लाई क्वालकम स्नापड्रागन ८७० फाइभजीको मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ एमएम, चौडाइ ७७५.६ एमएम र उचाइ ८.६ एमएम रहेको छ । क्वालकम स्नापड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शनसँगै स्थिरताको अनुभव प्रदान गर्दछ । साथै यसमा भएको थर्मल जेलले यस फोनलाई शीतल राख्छ ।

रियलमीको इतिहासमै पहिलोपटक रियलमी जीटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ एमएम वर्ग क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना छ । चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ ।

कम्पनीका अनुसार यसमा भएको ५ हजार एमएएच ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ, जसले गर्दा विना दबाब ब्याट्रीको लाइफ लम्बाइ दिन्छ । यसको ब्याट्रीले ६५ वाट सुपरडार्ट चार्जिङ लाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ । एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, आठ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्नेछन् । यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरु खिच्छ । स्मार्टफोनमा ईफोर डिस्प्ले छ ।

यसैगरी ५०००००ः१ कन्ट्रास्ट रेसियोले अधिकतम १३ सय नीटसम्मको ब्राइटनेस दिन्छ । नियो जीटीको डिजाइन रियलमी जीटी लाइनअपकै महत्वपूर्ण हाइलाइट हो । यसको नियो ग्रीन रङ्ग प्रविधि र शक्तिको बेजोड संगम हो । नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जीटी नियो २ मा पाउन सकिनेछ ।

रियलमी जीटी नियो २ कात्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा ५१ हजार एक सय ९९ रुपैयाँको सुरुवाती मूल्यमा अग्रिम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्ने छन् । यस सुविधाअन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण सुरु हुनेछ तथा अफलाइन ग्राहकले कात्तिक २७ देखि अग्रिम बुकिङ्ग गर्न सक्नेछन् । रियलमी नियो जीटी २ नियो ब्लाक र नियो ग्रीन गरी दुई रङ्गमा उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया