Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज ११.११ सेलमा ३ हजार ५ सयसम्मको कार्ड छुट र ११ हजारसम्मको भौचर छुट

दराज ११.११ सेलमा ३ हजार ५ सयसम्मको कार्ड छुट र ११ हजारसम्मको भौचर छुट


काठमाडौं । अनलाइन बजार दराजले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ मा तीन हजार पाँच सय रुपैयाँसम्मको कार्ड डिस्काउण्ट र ११ हजार रुपैयाँ सम्मको भौचर छुट प्रदान गरेको छ । नोभेम्बर १० को मध्यरातबाट सुरु भई नोभम्बर ११ को मध्यरातसम्म चलेको यस वर्षको ११.११ विगतका वर्षहरूभन्दा ठूलो भएको कम्पनीले जनाएको छ ।

यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा पाँच करोडसम्मको छुट, ११ हजार रुपैयाँसम्मको मेगा भौचर, प्रि–पेमेन्टमा १५ प्रतिशत अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टीभीएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ । थप हाइलाइटहरूमा एड टु कार्ट, फलो एण्ड विन, रिभिउ एण्ड विन, नयाँ युइजर भौचर, रिफर एण्ड विन र दराज जेम्स समावेश थिए ।

बैंक छुट अनुसार ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत अधिकतम तीन हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत १५ प्रतिशत अधिकतम तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाएको कम्पनीले जनाएको छ । नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले उक्त छूटहरू प्राप्त गरेका छन् ।

यसैगरी एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ«े बैंकका क्रेडिट कार्डको माध्यमबाट शून्य प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिने योजना पनि दराजले ल्याएको थियो । यस वर्षको ११ .११ मा नयाँ रियलमि जीटि नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरु, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेका थिए । सामसङ, फिलिप्स, रोटो, सीजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिएको कम्पनीले जनाएको छ । टीभीएस, कोका–कोला र सन्सिल्क ११ .११का विशेष साझेदारहरू थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया