Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगझापामा जेसीबीको सुविधासम्पन्न आउटलेट

झापामा जेसीबीको सुविधासम्पन्न आउटलेट


काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लिले झापाको दमकमा सुविधा सम्पन्न ‘अथोराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको यो ३५औँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।

ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक बिक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जीव पाहुजाले गरेका हुन् । नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पार्टपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको बिक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । ‘यो जेसीबीको अथराइज्ड रिटेल आउटलेट मात्र होइन, ग्राहकप्रतिको हाम्रो प्रतिबद्धता पनि हो’, उनले भने ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एक्स्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले बिक्रीलाई होइन बिक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया