Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग२४ घण्टामा ७ लाख नेपालीलाई सेवा दिँदै दराज ११.११ को नयाँ रेकर्ड

२४ घण्टामा ७ लाख नेपालीलाई सेवा दिँदै दराज ११.११ को नयाँ रेकर्ड


काठमाडौं । २४ घण्टाभित्र सात लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । ३६ करोडभन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनीले जानकारी दिएको छ ।

अभियान सुरु भएको पहिलो घण्टामै छ करोडको उत्पादन बिक्री भएको जनाउँदै दराजले गत वर्षको पहिलो घण्टाको तुलनामा एक सय ३० प्रतिशतले बढी उत्पादन बिक्री भएको जनाएको छ । गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्टमार्फत भएको छ । ११.११ मा बिक्री गर्ने हजारौँ व्यवसायहरूमध्ये, ५५ प्रतिशतले महामारीको समयमा दराजमा बिक्री सुरु गरेका थिए । यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम हो ।

दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले भने, ‘हामी यस नतिजाबाट खुसी छौँ । ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्दछ । यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलानबाट वृद्धि गर्न सक्छन भनेर पनि चित्रण गर्दछ ।’

पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि, कम्पनीको ध्यान अब आफ्ना सात लजिस्टिक पार्टनर र एक हजारभन्दा बढी डेलिभरी राइडरहरूसँग मिलेर देशभरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित रहने बताइएको छ । सेलको सफलताबारे बोल्दै, दराज नेपालका एमडी लिनो अलरिङ्गले भने, ‘हामी हाम्रा सबै साझेदारहरूसँग यस्तो कीर्तिमान हासिल गर्न पाउँदा अत्यन्तै खुसी छौँ । ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा हो र यस्तो कीर्तिमानी अभियान आयोजना गर्न पाउनु हामी सबैको लागि गौरवको क्षण हो । अब हाम्रो सम्पूर्ण देश भरका हाम्रा ग्राहकहरूले सकेसम्म चाँडो अर्डरहरू प्राप्त गरुन भन्ने सुनिश्चित गर्नमा केन्द्रित छौँ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया