Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालको स्मार्टफोन बजार हिस्सामा रियलमी तेस्रो

नेपालको स्मार्टफोन बजार हिस्सामा रियलमी तेस्रो


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्ट अनुसार २०२१ कोे तेस्रो त्रैमासिकमा तेस्रो स्थानमा रहेको रियलमीको सबैभन्दा ठूलो जित मानिएको छ । रिपोर्टअनुसार नेपालमा रियलमीले अघिल्लो त्रैमासिकका तुलनामा दुई सय ५७ प्रतिशतले बजार वृद्धि गरेको छ । पछिल्लो त्रैमासिकमा अनुमानित सेल–ईन स्मार्टफोन ढुवानीअन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो ।

हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो त्रैमासिकको तुलनामा यो त्रैमासिकमा रियलमीले दुई सय ५७ प्रतिशत बढीको स्मार्टफोन ढुवानीमा वृद्धि गर्दै सबैभन्दा सफल स्मार्टफोन ब्रान्ड बनेको हो । सामसङले तेस्रो त्रैमासिकमा स्मार्टफोन ढुवानीमा ३९ प्रतिशतको वार्षिक गिरावटको सामना गरेको छ ।

यसैगरी, शाओमीले सोही अवधिमा ५५ प्रतिशतको गिरावटको सामना गर्नुपरेको छ । यस गिरावटपश्चात् पनि यी दुवै स्मार्टफोनहरु क्रमशः ३९ प्रतिशत र २४ प्रतिशतको नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्डमै यथावत् रहेका छन् । नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाइल्सको साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो । अप्रतिस्पर्धी मूल्य निर्धारणका कारण यो नेपालमा सफल हुनसकेको थिएन । यसपछि कम्पनीले नेपालमा आफ्नो रणनीति परिवर्तन गर्ने निर्णय गरेको थियो ।

रियलमीले फेरि शङ्कर ग्रुपको साथमा नेपाल प्रवेश गर्दै प्रतिस्पर्धी मूल्य राख्ने वाचा गरेको थियो । पछिल्लो क्वार्टरमा रियलमीको सबैभन्दा ठूलो उत्पादनहरुमा रियलमी ८ आई, रियलमी सी२१वाई, रियलमी सी२०, रियलमी सी२१ र रियलमी सी११ पर्दछन् । यिनीहरुले शक्तिशाली ब्याट्री, मेगा डिस्प्ले र सुन्दर फोटो जस्ता गुणात्मक विशेषताहरुका साथ उक्त स्थान प्राप्त गरेको हो । हाल रियलमी ले जिटी नियो २ जस्ता डिभाइसहरुसँग आफ्नो पोर्टफोलियो विस्तार गरेको छ । आफ्नो ‘डियर टु लिप’ भन्ने नाराका साथ रियलमीले मानिसहरुको मन जितेको छ । २०२२ सम्ममा नेपालको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्ने रियलमीले योजना राखेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया