Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ विन्टर स्किम योजनाकोे दोस्रो लक्की ड्रमा २१ जना बने भाग्यशाली विजेता

सामसङ विन्टर स्किम योजनाकोे दोस्रो लक्की ड्रमा २१ जना बने भाग्यशाली विजेता


काठमाडौं । सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको दोस्रो लक्की ड्र मंगलबार सम्पन्न भएको छ । नोभेम्बर ६ तारिखदेखि १२ तारिखसम्मको अवधिलाई समेटिएको लक्की ड्रमा २१ जना ग्राहकहरु विजेता बनेका छन् ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३६००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने व्यवस्था गरिएको छ । दोस्रो लक्की ड्रमा यही ६ देखि १२ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ ।

लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधानअनुसार बुधबारको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ भने अब बाँकी तीन हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । विजेताहरुको सिरियल नम्बर सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको पनि कम्पनीले जनाएको छ । विजेताहरुले सात दिनभित्र आवश्यक कागजातसहित आफ्नो उपहार दाबी पेश गनुपर्नेछ । पाँच ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसङ मोबाइल वा ट्याब खरिद गरी योजनामा सहभागिता जनाउन सकिने कम्पनीले आग्रह गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया