Techie IT
×
गृहपृष्ठकर्पोरेटमहिन्द्राको टु एस सर्भिस सेन्टर विस्तार

महिन्द्राको टु एस सर्भिस सेन्टर विस्तार


काठमाडौं । महिन्द्रा फोरह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले हालसाले तीन नयाँ टुएस सबडिलरहरु आफ्नो आधिकारिक थ्रीएस डिलर लोक सुसिला अटो कन्सर्नको मातहतमा सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कसले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसप, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर, पाल्पा सञ्चालनमा ल्याएको हो । मैनाबगरको सर्भिस सेन्टर लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी तथा अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माले गत बिहीबार उद्घाटन गरेका हुन् ।

त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कसपको पनि सोही दिन बालाजु अटो वर्कसका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरिएको थियो । यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने जानकारी दिइएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया