Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा


काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीद्वारा प्रवर्द्धित मिदास टेक्नोलोजीले अस्पतालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

यो सेवा हाललाई वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभमार्फत पनि उल्लिखित अस्पतालका अनलाइन ओपीडी टिकट सेवा प्रदान गर्दै आइरहेको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया