Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

ओप्पोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता


काठमाडौं । ओप्पोले डुअल साइड्स र -यापएराउण्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ । वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ)मा दर्ता गरिएको प्याटेन्टमा ओप्पोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ । प्याटेन्टभित्र यस उपकरणका लागि ओप्पोले बनाएका सोचको रेखाचित्र र योजना सम्मिलित छन् । तथापि यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन ।

अवधारणाका निर्माता र लेट्सगोडिजिटलसँगको सहकार्यमार्फत यस ओप्पो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको छ । यसलाई हेर्दा ओप्पोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको देखिन्छ । रेन्डर्सलाई आधार मान्दा ओप्पोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । यसमा कम्पनीले कभ्र्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन । तस्बिरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्रा–थिन स्टिल प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओप्पोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।

यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्यासका साथमा चारवटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भागसम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको -यापएराउण्ड बायाँपट्टि रहेकाले उपकरणको दायाँपट्टि भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।

ओप्पोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाइ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ । तथापि, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ । योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइहालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ । तथापि ओप्पोको सोच भने निकै नयाँ र पृथक् रहेकोमा दुई मत छैन । केही समयअगाडि मात्रै स्लाइडिङ डिस्प्लेसहितको एक्स २०२१ मार्फत ओप्पोले सबैलाई चकित तुल्याएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया