Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्टद्वारा आँबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माणकर्मीहरूको बीमा

शिवम् सिमेन्टद्वारा आँबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माणकर्मीहरूको बीमा


काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आँबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीहरुको दुर्घटना बीमा गरिदिएको छ । कम्पनीले निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम गरी हरेक सहभागी निर्माणकर्मीहरुको लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी समेत हस्तान्तरण गर्दै आएको छ ।

दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि पाँच लाखबराबरको जोखिम वहन गर्ने गरी बीमा गरेको थियो ।

कम्पनीले पहिलो चरणअन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको छ । उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया