Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेनिस सलुसन लिमिटेडको कार्यालय अमेरिकामा

जेनिस सलुसन लिमिटेडको कार्यालय अमेरिकामा


काठमाडौं । डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलिएको जनाएको छ । ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया र फिनल्यान्डमा कार्यालयहरु छन् ।

जेनिस सलुसन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो । जेनिसले यसपहिले नै अमेरिकास्थित केही ठूला बैंकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन पाँच सय कम्पनीहरुलगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह सञ्जाल पु-याउने जेनिसको रणनीतिको एक अंग हो ।

जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउडलगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्वभरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ । अमेरिकी बजारमा चाहिँ उच्च गुणस्तरका डेभ अप्स, क्लाउड माइग्रेसन्स, क्लाउड नेटिभ डेभलपमेन्ट्स, एसईओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवाहरु प्रतिस्पर्धी दरमा उपलब्ध गराइनेछ । यसअघि विश्व बैंकको आईएफसीअन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सल्टेन्सी कम्पनी, जेनिस सोलुसन प्रालिमा झण्डै साढे पाँच करोड रुपैयाँबराबरको लगानी गरेको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया