Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाल्ट्रा हरेक हप्ता सुनको सिठ्ठी योजनाका विजेता सार्वजनिक

बाल्ट्रा हरेक हप्ता सुनको सिठ्ठी योजनाका विजेता सार्वजनिक


काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एपलायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजनाअन्तर्गत पहिलो, दोस्रो र तेस्रो हप्ताका भाग्यशाली विजेताहरु सार्वजनिक गरिएको छ ।

बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी सम्पूर्णमध्ये गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताका विजेता बन्न सफल भएकी छिन् । त्यसैगरी सुर्खेतकी ईश्वरी वि.क दोस्रो हप्ता र जीतपुरका राजकुमार सोनी तेस्रो हप्ताका विजेता बन्न सफल भएका छन् । यस योजनाका सबै विजेताहरु २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्नेछन् ।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राका जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सहभागी हुनको लागि बाल्ट्रा टाइप गरी एक स्पेस दिएर भ्याट वा पान नम्बर लेखी एक स्पेस दिएर आफ्नो टाइप गरी ३४००१ मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैँले व्यहोर्नुपर्ने छ । यस उपहार योजना सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया