Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ

मंगलम पाइप्सद्वारा गोलगढमा सरसफाइ


काठमाडौं । नेपालको पहिलो सीपीभीसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्सको यो पहिलो सरसफाइ कार्यक्रम भए पनि वातावरण संरक्षण र संवर्द्धनको कुरामा भने कम्पनी पहिलेदेखि नै अग्रसर रहेको थियो । मङ्गलम पाइप्सले निकै लामो समयदेखि विभिन्न ठाउँहरुमा हात धुनको लागि धारा एवम् फोहोर फाल्ने ठाउँहरु व्यवस्थापन गर्नको लागि डस्टबिनको स्थापना गर्दै आइरहेको छ । यो सुरुवात मात्र भएको र भविष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै जाने कम्पनीले जानकारी गराएको छ ।

मंगलम् पाइप्स वातावरणप्रति कति जिम्मेवार छ भन्ने कुरा निर्माणसम्पन्न हुन आँटेको मंगलम्को नयाँँ कारखानाले नै जनाउँछ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३, ढक्दैमा स्थापनाको अन्तिम चरणमा पुगेको मंगलम् इन्डस्ट्रिजको नयाँँ वातावरणमैत्री कारखाना पूर्णतया बिजुलीबाट सञ्चालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पुनः प्रयोग हुने हुनाले ध्वनि र अन्य वातावरणीय प्रदूषणमुक्त छ । दुई सय ५० जना कर्मचारीहरुलाई दैनिक रुपमा रोजगारी प्रदान गरिरहेको यो कारखानाले स्थानीय तहमै रोजगारीको अवसर सृजना गरिरहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया