Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्राको सब–डिलर अब स्याङ्जा र बाग्लुङमा

महिन्द्राको सब–डिलर अब स्याङ्जा र बाग्लुङमा


काठमाडौं । महिन्द्रा फोरह्विलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले महिन्द्रा कम्पनीको सब–डिलर तथा बतास ब्रदर्श प्रालिका डिलरहरु स्थाङ्जा र बाग्लुङ्गमा पनि विस्तार गरेको छ ।

कम्पनीले स्याङ्जाको पुतलीबजार नगरपालिका– १ घुम्तीमा ॐ नम शिवाय सर्भिसिङ्ग सेन्टर र बाग्लुङ्गको गलकोटमा श्रेष्ठ मोटो पार्ट्सको उद्घाटन गरेको हो । ॐ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौँका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिङ्ग र अन्य अतिथिहरुद्वारा सामूहिक रुपमा गरिएको थियो । ‘आर्थिक समृद्धिका लागि व्यवसाय’ भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सब–डिलरबाट स्याङ्जा तथा आसपासका जिल्लाका अत्यधिक ग्राहकहरुले गुणस्तरीय सेवासुविधा प्राप्त गर्ने विश्वास पनि राखिएको छ ।

त्यस्तै, श्रेष्ठ मोटो पार्ट्सको उद्घाटन गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विक, विभिन्न राजनीतिक पार्टीका स्थानीय प्रतिनिधिहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुका साथै अन्य अतिथिहरुले सामूहिक रुपमा गरेका थिए । ‘नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरुमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सब–डिलरहरुको सञ्चालनले थप टेवा पु-याउने अपेक्षा गरेका छौँ’, बालाजु अटो वक्र्स प्रालिका लागि प्रदेश ४ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया