Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजीडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’

जीडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’


काठमाडौं । ग्रेटवाल मोटर्स (जीडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक बक्रेता भीजी इम्क्पेक्स प्रालिले आफ्नो दुई एसयूभीहरु थर्ड जेनेरेसन हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक–अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना सुरु गरेको छ ।

यो क्याम्प बिहीबारबाट सुरु भई मंसिर १४ गते सकिने कम्पनीले जनाएको छ । यस क्याम्पमा इच्छुक जोसुकै पनि सहभागी हुन सक्नेछन् । सहभागी हुनका लागि इच्छुक महानुभावहरुले थापाथली, काठमाडौंस्थित ग्रेट वाल मोटर्सको शोरुममा गएर बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेभित्र निःशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्नेछन् । इच्छुक सहभागीहरुले जीडब्लुएमको फेसबुक पेजमार्फत बुकिङ्ग गर्न सकिनेछ ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ इन्चको मी स्मार्ट टिभी जित्ने मौका पाउनेछन् । यस क्याम्पअन्तर्गत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ । आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन् ।

यस्तै जीडब्लुएमले अक्टोबर २०२१ मा एक लाख १२ हजार ६९ गाडी बिक्री गरेको छ, जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४ हजार ४७ बिक्री गरेको थियो । २०२१ को जनवरीदेखि अक्टोबरसम्म अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको एक लाख १२ हजार २० सहित नौ लाख ९६ हजार एक सय १४ गाडी बिक्री भएको छ, जुन ३०.३ प्रतिशतको वृद्धि हो ।

चीनमा विगत ११ वर्षदेखि सबैभन्दा धेरै बिक्री हुने नम्बर १ एसयूभी, हवाल ६५ लाखभन्दा धेरै सङ्ख्यामा बिक्री भइसकेको हवाल अहिले ७० लाख पुगेको छ । ३५ लाखभन्दा धेरै बिक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी पनि हो । चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पिक–अप पावर निर्यातमा पनि लगातार २४ वर्षदेखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा बिक्री १९ लाख एकाइ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया