Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलगानीको वातावरण बनाउन उद्योगीको माग

लगानीको वातावरण बनाउन उद्योगीको माग


सुनसरी, माघ १९
सहिदको स्मृतिमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले सुनसरीको दुहबीमा मैनबत्ती बाली सहिदहरूको सम्झनामा सहिद दिवस मनाएको छ । कार्यक्रममा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष मनिष कुमार मारुले सहिदहरूको त्यागका कारण नेपालीहरूले स्वतन्त्रता प्राप्त गरेको भन्दै अब सबै नेपालीहरू एकजुट भएर हिँड्नसके मात्र सहिदहरुको सम्मान हुने बताएका थिए ।

उनले उक्त कार्यक्रममा व्यवसायीहरूका लागि अहिले निर्धक्क भएर लगानी तथा काम गर्ने वातावरण नभएको हुँदा व्यवसायीलाई सरकारले पूर्ण सुरक्षा दिन नसकेको बताएका थिए । उनले व्यवसायीलाई लगानीमैत्री वातावरण बनाउने तथा उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन समेत सरकारसमक्ष माग गरेका थिए ।

कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर सुनिता शाह, बूढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी कम्पनीका कार्यकारी निर्देशक हरिवंश राठी र कम्पनीका सञ्चालकहरुको उपस्थिति थियो । सो अवसरमा प्रदेश १ मा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले बन्धन सिमेन्ट नामक ब्रान्डको सिमेन्ट उत्पादन गर्दै सयौँलाई प्रत्यक्ष रोजगारी दिँदै आएको जानकारी मारुले दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया