Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरूको जोखिम बीमा

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरूको जोखिम बीमा


काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका पाँच सय जनाभन्दा बढी निर्माणकर्मीहरुको जोखिम बीमा गरेको छ । कम्पनीले प्राविधिक अन्तर्क्रिया कार्यक्रम गर्दै पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा रहेका निर्माणकर्मीहरुको जोखिम बीमा गरेको हो । भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि पाँच लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो ।

स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङलगायत जिल्लाका विभिन्न १० स्थानमा पाँच सय जना बढी निर्माणकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय जना बढी निर्माणकर्मीहरुसँग अन्तर्क्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो । शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ । पहिलो चरणअन्तर्गत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा एक हजार जनाभन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनीका अधिकारीले बताए ।

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको छ ।

दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको बताएको छ । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरुको लागि पाँच लाखबराबरको जोखिम वहन गर्ने गरी बीमा गरेको थियो । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायीलगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’जस्ता मूलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको बताइएको छ । देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्टजगत्मै पहिलो पटक गुणस्तरीय अवार्ड २०१९ प्रथमबाट सम्मानित भएको थियो ।

ओपीसी मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । कम्पनीका अनुसार उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया