Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनप्लस प्रोफेसनलका छ सौन्दर्य सामग्री सार्वजनिक

एनप्लस प्रोफेसनलका छ सौन्दर्य सामग्री सार्वजनिक


काठमाडौं । एनप्सल प्रोफेसनका छ सौन्दर्य सामग्री सार्वजनिक गरिएको छ । विभिन्न सेलेब्रेटीहरुको उपस्थितिमा सौन्दर्य सामग्री सार्वजनिक गरिएको हो । सौन्दर्यका सामग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दिनी हर्वल प्रालिले उत्पादन गरेको हो । केही महिनाअघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामग्री सार्वजनिक गर्नुपरेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताए ।

सौन्दर्य सामग्रीहरुको परीक्षण र निरीक्षणमा सरकारले चासो नराख्दा नक्कली सामग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गरे । विशेषगरी महिला सौन्दर्यमा बढी प्रभावकारी हुने सौन्दर्य सामग्री केही सेलेब्रेटीहरुको बीचमा सार्वजनिक गर्न पाएको भन्दै सौन्दर्यको क्षेत्रमा पनि ब्राण्डले सहयोग गर्दै जाने एनप्सल प्रोफेसनले बताइएको छ ।

उत्पादनको लागि नेपालका लागि ब्राण्ड एम्बासडर रहेकी भिडियो निर्देशक विना श्रेष्ठले पनि सस्तो, लोकप्रिय र गुणस्तरीय सामग्री सौन्दर्यताको लागि उपयुक्त भएको बताइन् । नयाँ उत्पादनहरुमा अन्डर आमक्रिम, अन्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डिस्नर सार्वजनिक गरिएका हुन् । नयाँ सौन्दर्य सामग्री सार्वजनिक कार्यक्रममा पूर्वमिस नेपाल इभाना मानन्धर, गायक आनन्द कार्की, धिरज राई, गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतमलगायत सेलेब्रेटीहरुको उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया