Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने

रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने


काठमाडौं । रियल मीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउने भएको छ । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याउन लागेको हो । रियलमीले ‘स्ट्राटेजिक पार्ट्नर’ मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज क्रमशः ‘नार्जो ५० आइ र नार्जो ५० ए’ ल्याउने भएको हो । कुनै पनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुने बताइएको छ।

शिरिष मुरारकाले, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । योसँगै हाम्रो मुख्य उद्देश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यही सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज ‘नार्जो ५० आई र नार्जो ५० ए’ ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुई फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको ‘गेमिङ’ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।

मोबाइलमा मिडिया टेक हेलो जि ८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो । जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एमपी ट्रिपल एआई क्यामरा भएकोले यसलाई यसको प्रतिस्पर्धीहरुभन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले छरिएर रहेका वस्तुहरुलाई पनि प्रशस्त प्रकाशका साथ तस्बिर लिन्छ ।

साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफी गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको एआई ब्युटी, पोट्रट मोड र अन्य फिचर्सयुक्त हाई डेफिनिसन ८ मेगापिक्सल क्यामराले उत्कृष्ट फोटोहरु खिच्नसक्छ । यसमा भएको छ हजार मेगाहर्ज क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई स्ट्यान्ड–बाई मोडमा ५३ दिनसम्म चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल ओटीजी प्रविधि रिभर्स चार्ज र १८ वार्ट छिटो चार्ज पनि रहेको छ । १६.५ सेन्टिमिटर (६.५“) को मिनी ड्रप डिस्प्ले भएको नार्जो ५० एमा अडियो र भिडियोको आनन्द लिँदै गेम खेल्न सकिन्छ ।

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइनयुक्त नार्जो ५० ए’मा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा तीनवटा कार्ड स्लट भएकोले डबल सिम र मेमोरी कार्ड (१२८ जीबी) राख्न सकिन्छ, जुन २५६ सम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जीबीको स्टोरेजमा अक्सिजन ग्रिन र अक्सिजन ब्लुमा उपलब्ध छ ।

नार्जो ५० आई यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर र अक्टा–कोर प्रोसेसर रहेको छ। यस्तै नार्जो ५० आई मा ५ हजार मेगाहर्जको ब्याट्री रहेको छ जुन स्ट्यान्डबाई मोडमा ४३ दिनसम्म टिक्छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रीको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य सामग्री घडी, हेडफोनलगायत चार्ज गर्न मिल्छ ।

यसको १६.५ सेन्टिमिटर (६.५“) को ठूलो डिस्प्ले र ८९.५ प्रतिशत स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडिओ हेर्दा आनन्द आउँछ । नार्जो ५० आईको ८.९ मिलिमिटरको सुपर स्लिम ट्रेन्डसेटिङ डायगोनल स्ट्राइप डिजाइनले अरुभन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको सजिलै मन जित्नेछ ।

यसमा भएको ८ मेगापिक्सलको एआई क्यामरा र एफ २.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर हाइ रेजोलुसनको तस्बिर खिच्न सकिन्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा दुईवटा नानो सिम कार्ड र एउटा मेमोरी कार्ड राख्न मिल्छ । यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २ जीबी प्लस ३२ जीबी र ४ जीबी प्लस ६४ जीबीको स्टोरेजमा उपलब्ध छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया