Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्बुजा

भक्तपुर अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा खर्बुजा


भक्तपुर । भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्बुजाको अध्यक्षतामा भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ । सात सदस्यीय एसोसिएसनकोे सचिवमा स्वयम्भूरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् ।

सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरमा अटो मोबाइल्ससम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको उद्देश्यका साथ एसोसिएसन गठन गरेको अध्यक्ष खर्बुजाले जनाए । त्यसैले सरोकारवाला सम्पूर्णलाई एकताबद्ध हुन उनले आह्वान गरे ।

एसोसिएसनले भावी दिनहरुमा व्यवसायीहरुको हकहितका साथै सामाजिक कामहरु पनि गर्ने योजना रहेको उनले सुनाए । साथै व्यवसायीहरुको लागि सीपमूलक तालिम गर्ने योजना रहेको पनि उनले जनाए ।

एसोसिएसनले व्यवसायीहरुको हितको लागि मात्रै नभई उपभोक्ताको हितमा पनि विशेष ध्यान दिने जनाइएको छ । ‘उपभोक्ता हाम्रा देवता हुन्’, अध्यक्ष खर्बुजाले भने, ‘त्यसकारण उहाँंहरु नठगिऊन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौँ ।’

अटोमोबाइल्ससँंग सम्बन्धित अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकन्डिसन (एक्सचेन्ज), अटोमोबाइल्स पार्ट तथा लुब्रिकेन्ट्स बिक्रीवितरण, मर्मत तथा वर्कशप (अटोमोबाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायीहरु एसोसिएटमा आबद्ध हुनसक्ने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया