Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोटोनको स्कुल भ्यान सार्वजनिक

फोटोनको स्कुल भ्यान सार्वजनिक


काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लक्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । आईएसएफ २.८ क्युमिन्स जडित इञ्जिन भएको स्कुल भ्यानमा एउटै इञ्जिनबाट चल्ने एयर कन्डिसन रहेको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई सुविधासम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरी नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन् । साथै विद्यालय र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनीले जनाएको छ । आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसि भेन्ट र सिट बेल्ट रहेको छ ।

भ्यानमा आरामदायी सेमि रिक्लाइनिङ सिट रहेका छन् भने सुरक्षालाइ ध्यानमा राख्दै एयर ब्याग पनि रहेको छ । भ्यानमा सामान राख्नको लागि पर्याप्त ठाउँको साथै ब्याग समेत राखेर आरामसँग बस्न मिल्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालभर १० वटाभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया