Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ नेपालमा सार्वजनिक

हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ नेपालमा सार्वजनिक


काठमाडौं । हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ । नेपाली बजारमा विगत दुई वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ ।

कम्पनीका अनुसार कोनाको इन्टेरियर तथा एक्स्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्नेछन् । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ । नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङजस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ । एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । अब कोनो इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ । नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्नेछ । ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।

कोनामा रहेको ८ इन्चको टचस्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राभिङ एक्पिरियन्सलाई उच्चस्तरीय बनाउँछ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुनेछ । पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ । इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ ।

हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेसन स्थापना भइसकेको छ । कम्पनीले नेपालमा इभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्षभित्र ५० चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य लिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हुन्डाई विश्वको ठूला पाँच कार निर्मातामा पर्ने अटोमोबाइल उत्पादक कम्पनी हो । जसले वार्षिक लाखौंको संख्यामा उत्कृष्ट क्वालिटीका गाडीहरु उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया