Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१ सय ७५ एमबीपीएसको इन्टरनेटसहित भायाटिभी मात्र १२५० रुपैयाँमा !

१ सय ७५ एमबीपीएसको इन्टरनेटसहित भायाटिभी मात्र १२५० रुपैयाँमा !


काठमाडौं । ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पिड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले अल्ट्रा–फाई लाइनका प्रोडक्ट ल्याएको छ । यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पिड दिने इन्टरनेट प्लान प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अल्ट्रा–फाईअन्तर्गत, भायानेटले १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको तीनवटा प्लान ल्याएको छ । यस सिरिजको मुख्य प्लान १७५ एमबीपीएसको इन्टरनेट हो, जुन दुईवटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिँदा प्रतिमहिना मात्र एक हजार दुई सय ५० पर्न आउँछ । यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा एक हजार रिवार्ड अंक प्रदान गर्दै छ, जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लानमध्ये एक बनेको छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यप्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड ओएनयूएस अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ । भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको ओएनयूएस मेश सपोर्ट गर्न सक्षम छ । साथै चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाइफाइ ल्याउँदै छ । भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया