Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभारतीयको रोजाइमा नेपाली जुता–चप्पल

भारतीयको रोजाइमा नेपाली जुता–चप्पल


वीरगञ्ज, माघ २०
वीरगञ्जमा चलिरहेकोे प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेलामा ५० लाखको कारोबार भएको जनाइएको छ । वीरगञ्जको घण्टाघरको उत्तरतर्फको चौरमा संचालीत मेलामा १० दिनमा ५० लाखको कारोबार भएको नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । माघ ९ गतेदेखि वीरगञ्जमा सुरु भएको प्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेलामा लगभग ७० हजारभन्दा बढी महिला तथा पुरुषहरुले मेला अवलोकन गरेको आयोजकले जनाएको छ । मेला आगामी फागुन ९ गतेसम्म चल्नेछ । मेलामा नेपाल र भारतका ग्राहकहरु भीड बढ्दै गएको आयोजकको भनाइ रहेको छ ।

करिब दुई लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेला अवलोकन गराउने लक्ष्य लिए पनि मेलाको १० दिनमै लगभग ५० लाखको लगभग १२ हजार जोर जुता चप्पल बिक्री भएकाले आफूहरु उत्साहित भएको नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए । उपाध्यायले भने, ‘हामीले सोचेभन्दा बढीले मेला अवलोकन गरेका छन्, भारतीयहरुको रोजाइमा पनि नेपाली जुत्ता चप्पल लोक प्रिय बन्दै गएको छ ।’ लगभग ३० देखि ४० हजारसम्म भारतीय रुपैयाँ नेपाली बजारमा भित्रिएको उनको दाबी छ ।

‘नेपाली जुत्ता चप्पल बलियो भएकोले पनि भारतीय रोजाइमा लोकप्रिय बन्दै गएको हो’, उनले भने । मेलामा रहेका सातवटा विभिन्न कम्पनीका बेग्लाबेग्लै ब्रान्डका विभिन्न प्रकारका जुत्ता चप्पल बिक्री भइरहेका छन् । मेलामा पुरुषभन्दा महिलाको बढी उपस्थिति रहेको छ । स्वदेशी ब्रान्ड जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्नै लक्ष्यले मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटमा विक्रि भइरहेको आयोजकले जनाएको छ ।

मेलामा एक लाखभन्दा बढी जोडी जुत्ताचपल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ । मेलामा ७ वटा विभिन्न कम्पनीको १ हजारभन्दा बढि ब्रान्डका समान बिक्री भइरहेका छन् । मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल सात स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया