Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकिया सि१ स्मार्टफोन नेपाली बजारमा

नोकिया सि१ स्मार्टफोन नेपाली बजारमा


काठमाडौं, माघ २१
नयाँ नोकिया स्मार्टफोन सि१ नेपाली बजारमा उपलब्ध भएको छ । ३ सय ६५ दिनको रिप्लेसमेन्ट सुविधा भएको यस स्मार्टफानको बजार मूल्य ६ हजार ४ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारिक वितरक टेलिटक प्रालिले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सि१ ग्राहकहरुद्वारा अत्यधिक रचाउने विश्वास व्यक्त गरेको छ । यस फोनमा एक जीबी -याम र १६ जिबीको स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ, जसमा माइक्रो एसडी ६४ जिबीसम्मको प्रयोग गर्न सकिनेछ ।

कम्पनीका अनुसार नोकिया सि१ मा २५०० मेगाहर्ज रिमुभेबल ब्याट्री रहेको छ । नोकिया सि१ रकेटमा एफएम रेडियो र डुअल सीम राख्न सकिन्छ । यसमा एटीई सपोर्ट नभएर थ्रीजी सपोर्ट रहेको छ । यो फोनको मुख्य फोकस एन्डरोईड नाईन गो संस्करणमा राख्न सकिन्छ । साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिन को ग्यारेन्टी सुविधा दिएको छ । कम्पनीका अनुसार यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया