Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाल्ट्राको चाडपर्व अफरका विजेता घोषणा

बाल्ट्राको चाडपर्व अफरका विजेता घोषणा


काठमाडौं माघ २२
नेपालमा रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेसले दशैँ, तिहार तथा छठपर्वको अवसरमा ल्याएको ‘दशैं ल्यायो’ नामक योजनाका विजेताहरुको नाम घोषित गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्रमार्फत ५१ जना भाग्यशाली ग्राहकहरुका लागि आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।

कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरुको नाम आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरुमध्ये पाल्पाका घन बहादुर सरुले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेसमा बम्पर उपहार स्वरुप बाल्ट्राको ५५ ईन्च स्मार्ट टिभी जित्न सफल भएका छन् । त्यसै गरी उक्त योजनाअन्तर्गत २ जनाले ४० इन्चको टि.भी., ३ जनाले ३२ इन्चको टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरु जित्न सफल भएका छन् ।

इलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाइन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया