Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभोको भी–२३ई सार्वजनिक हुने

भिभोको भी–२३ई सार्वजनिक हुने


काठमााडौँ । स्मार्टफोन ब्रान्ड भिभोले भिभो भी–२३ई सार्वजनिक गर्ने तयारी थालेको छ । ब्रान्डको भी सिरिज स्मार्टफोनहरु प्राविधिक परिवर्तनको उदाहरणका रुपमा रहँदै आएका छन् ।

डिजाइन तथा क्यामराको कार्यसम्पादनलगायतका सबै विधामा भी सिरिजका स्मार्टफोनहरु खरो उत्रिएका छन्। यसको श्रेय नयाँ तथा प्रयोगकर्तामैत्री प्रविधिहरु ल्याउँदा उपभोक्तालाई केन्द्रमा राख्ने भिभोको परिपाटीलाई जान्छ ।

भिभो गहन बजार अनुसन्धान गर्ने, उपभोक्ताको स्मार्टफोनको आवश्यकता केलाउने तथा सबैका लागि उपयोगी हुने फोन बनाउने अभिभारा आफैँले निर्वाह गर्दै आएको छ । कम्पनीका अनुसार भिभोले ब्रान्डको उपभोक्ताप्रतिको प्रतिबद्धतालाई प्रस्ट्याउने आफ्नो भी सिरिजको पछिल्लो संस्करण भिभो भी२३ई छिट्टै सार्वजनिक गर्ने भएको छ ।

यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने बताइएको छ । यसको फ्रन्ट क्यामराले उपभोक्तामा रहँदै आएको क्यामरा इनोभेसन यात्राप्रतिको विश्वासलाई फेरि एक पटक सुनिश्चित गर्नेछ । यस्तै उपकरणले ५० मेगापिक्सेलको अटोफोकस पोट्रेट सेल्फी सुविधालाई समर्थन गर्नेछ, जसले उच्च गुणस्तरको स्पष्ट र उज्यालो तस्बिरहरू उत्पादन गर्नेछ । यसमार्फत युवा पिँढीले कन्टेन्ट क्रिएसन (सामग्री सिर्जना) भिडियो लगिङ तथा फोटोग्राफीजस्ता सिर्जनशील पेशामा लागून् भन्ने भिभोको उद्देश्य रहेको छ ।

भी२३ई को मूल्य सबै उपभोक्ताले खरिद गर्नसक्ने गरी निर्धारण गरिएको छ । सोसल मिडियाको प्रवृत्ति तथा फेसनको संगतमा हुर्के बढेका पिँढीका उपभोक्ताका लागि स्टाइलिस स्मार्टफोनको आवश्यकता रहेको तथ्य भिभोले मनन गरेको बताइएको छ ।

भिभो भी२३ईमा ब्रान्डले अत्याधुनिक प्राविधिक उन्नतिमात्र समावेश नगरी उपभोक्ताले हेर्दा आनन्द महसुस गर्ने किसिमको आकर्षक बनाउन अत्याधुनिक डिजाइनलाई पनि आत्मसात् गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया