Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको १०० जीबी फ्रि वाइफाइ

‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको १०० जीबी फ्रि वाइफाइ


काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर ल्याएको छ । यसअन्तर्गत खल्ती प्रयोगकर्ताहरुले वर्ल्डलिङ्का १४ हजारभन्दा बढी हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको प्रयोग गर्न सक्नेछन् ।

१०० जीबी फ्रि वाइफाइ एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ । रजिस्टर गरेपश्चात् ’खल्ती’ एपको ‘पपुलर सर्विसेस’मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्रि वाइफाइ’मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाइफाइ प्रयोग गर्न सकिनेछ ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ । यो अफर पुस २७ देखि माघ २६ सम्म लागू हुने कम्पनीले जनाएको छ । यस सुविधामार्फत नेपालमा उपलब्ध भएको १४ हजारभन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया