Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपल्सर क्रिकेट एक्सेलेन्स सेन्टर

पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर


काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको उल्लेख गरे । नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको उनको भनाइ थियो । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैँ प्रवर्द्धन गर्दै आइरहेको र यो सहकार्यले देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने उनले बताए । बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ । त्यस्तै, पूर्वकप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेको आभर व्यक्त गरे । साथै उनले यो सहकार्य टुट्न नहुनेमा जोड दिए ।

क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करिअरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्छ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया