आईएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आईएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।
कम्पनीका अनुसार आगामी माघ २८ गतेभित्र इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित कम्पनीको ठेगाना वा इमेल मार्फत दरखास्त दिन सक्नेछन् । दुई जनालाई प्रदान गरिने उक्त छात्रवृत्तिअन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातक उत्तीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शुल्क इन्टर्नसिपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आबद्ध हुनुपर्नेछ । यसका अतिरिक्त कोरियामा स्नातकोत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहने कम्पनीको भनाइ छ ।
रीतपूर्वक प्राप्त भएका आवेदकहरूमध्ये छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिनेछ । छनोटमा परेका छात्र/छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्ने कम्पनीले जनाएको छ । छात्रवृत्तिसँग सम्बन्धित संघ/संस्थाहरूबाट कम्तीमा एक/एक जनाको प्रतिनिधित्व हुने गरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिने र यससम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार सोही समितिमा निहित हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया