Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एस२१ एफई फाइभजी सार्वजनिक

सामसङको ग्यालेक्सी एस२१ एफई फाइभजी सार्वजनिक


काठमाडौं । सामसङले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस२१ एफई ५जी सार्वजनिक गरेको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणहरुको भरपूर शक्ति भएको ग्यालेक्सी एस२१ एफई ५जी नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमताका साथ उपलब्ध छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२१ एफई ५जीमा सर्वोत्तम श्रेणीको तीनवटा क्यामरा जडान गरिएको छ । यसको पृष्ठ भागमा उच्चतम श्रेणीको १२ एमपि (यूडब्ल्यू) +१२ एमपी (डब्ल्यू) +८ एमपी (टेलि) क्यामरा रहेका छन् । अल्ट्रा वाइड लेन्सले सविस्तार सबैलाई एउटै फ्रेममा समेटिदिन्छ । यसैगरी ३२ एमपी क्षमताको अग्र क्यामराको सहायताले अद्भुत नयनाभिराम सेल्फिहरु खिच्न सकिन्छ । प्रो–श्रेणीको क्यामरा प्रणालीमा अभूतपूर्व अनुभव दिलाउने दोहोरो रेकर्डिङ्ग, पोर्ट्रेट मोड, विस्तारित रात्रि मोड र ३० गुणासम्म नजिक जूम सुविधाहरु छन् । साथै यसमा ६.४ इन्चको एफएचडी प्लस डाइनामिक एमोलेड २ एक्स डिस्प्ले छ, जुन अत्यन्त सजिलो १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच स्याम्प्लिङ्ग दरयुक्त छ । यसका साथै यसमा अद्वितीय एवं सिल्की सजिलो स्क्रोलिङ अनुभवको लागि एआईमा आधारित ब्लु लाइट नियन्त्रण छ ।

यस्तै ५एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस२१ एफई ५जीले अधिकतम उच्च गति र निर्बाध कार्यक्षमताको सुनिश्चितता प्रदान गर्दछ । यो ताररहित पावर सेयर र ताररहित छिटो चार्ज हुने २.० का साथ उपलब्ध छ, यसले २५ वाट तीव्र चार्जलाई साथ दिन्छ । आईपी ६८ रेटिङ्गले स्मार्टफोनलाई धूलो र पानी प्रतिरोधक बनाएको छ । ग्यालेक्सी एस२१ एफई ५जी दिनभर चल्ने ब्याट्री, ५जी र वाइफाइ ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र कार्य क्षमतासहित उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी एस२१ एफई ५जी ग्राफाइट, लाभेन्डर र अलिभ गरी तीन रङमा उपलब्ध छ । ग्राहकहरुले ग्यालेक्सी एस२१ एफई ५जीको ८+२५६ जीबी भेरियन्ट ८९ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो फोन सामसङका सीमित ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट मात्रै खरिद गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया