Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगड्रिम अन एजुकेसनल कन्सल्टेन्सीमा अष्ट्रेलियन ईडीयू फेयर २०२२ हुने

ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीमा अष्ट्रेलियन ईडीयू फेयर २०२२ हुने


काठमाडौं । ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीमा अष्ट्रेलियन ईडीयू फेयर २०२२ हुने भएको छ । उक्त कन्सल्टेन्सीका प्रबन्धनिर्देशक भीम थापाका अनुसार २८ जनवरी अर्थात् माघ १४ गते उक्त शैक्षिक मेला आयोजना गर्न लागिएको हो ।

प्रबन्धनिर्देशक थापाका अनुसार काठमाडौंको डिल्लीबजारमा रहेको कन्सल्टेन्सीको कार्यालयमा नै उक्त मेला आयोजना हुने छ । सो दिन बिहान नौ बजेदेखि नै सुरु हुने उक्त मेलामा विशेषज्ञहरुद्वारा क्यारिअरका बारेमा परामर्श दिने, विभिन्न किसिमका कलेज र विश्वविद्यालयबारे जानकारीहरु दिने, अष्ट्रेलिया अध्ययनको लागि आवश्यक भिसा प्रक्रियाबारे जानकारी दिइनेछ ।

पछिल्लो समय कोभिड १९ को महारारी बढेकोमा सरकार र स्थानीय तहले जारी गरेको आवश्यक सबै किसिमको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको अधीनमा रहेर मेला आयोजना गरिने प्रबन्धनिर्देशक थापाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया