काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले नाराणहिटी संग्रहालयमा अवैध संरचना निर्माण गरेको बतास समूहको बचाउ गरेको छ । नाडाले एक विज्ञप्ति जारी गर्दै बतास समूहमाथि चरित्रहत्या र अमर्यादित व्यवहार गरिएको भन्दै आपत्ति जनाएको छ ।
नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले सरकारले नै निर्धारण गरेको कानुनी प्रक्रियाअनुसार टेन्डर प्रक्रियामा सहभागी भई छनोट भएको नाडाको भनाइ छ । नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समूहले सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालनसम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वाभाविक प्रक्रिया हो ।’ सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफ्नो जिम्मेवारीलाई अघि नबढाउनु गैरकानुनी हुनुपर्नेमा उल्टो अघि बढाउँदा बतास समूहलाई आपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको नाडाको दाबी छ । नाडाले भनेको छ, ‘प्रक्रिया र कानुनविपरीत भएका गतिविधिमाथि सरकारले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई यस एसोसिएसनले अन्यथा लिने प्रश्न नै आउँदैन, कुनै पनि आरोपको सत्यतथ्यको खोजी गरिनुपर्छ र आरोप प्रमाणित भएपश्चात् मात्र दण्डित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजी क्षेत्रकै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने नाडाको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया