Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्यूफिटको डब्लू ६ स्मार्टवाच सार्वजनिक

एक्यूफिटको डब्लू ६ स्मार्टवाच सार्वजनिक


काठमाडौं । लामो समयदेखि प्रविधिमैत्री उत्पादनहरु बजारमा ल्याइरहेको टेक स्टुडियोले अब नयाँ ब्राण्डको स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा एक्यूफिट ब्राण्डको नयाँ स्मार्ट वाच उपलब्ध गराएको हो । एक्यूफिट डब्लू ६ फिटनेस वेयरेबल नेपाली बजारमा हिप र ट्रेन्डी थपिएको छ ।

एक्यूफिट स्मार्टवाच र स्मार्ट ब्यान्ड डिजाइन तथा निर्माणमा अग्रगामी रहँदै आएको छ । एक्यूफिट डब्लू ६ स्मार्ट वाचको साथ, यसलाई एक कुशल व्यक्तिगत सहायकको रूपमा निर्माण गरेर यसलाई उच्चस्तरमा लैजाने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा एक जीवन्त डिजाइन छ, जुन सबै स्तरका प्रयोगकर्ताहरुलाई मन पर्नेछ । यो किफायती मूल्यमा आएको छ भने स्वास्थ्य र सहायता सुविधाहरूले भरिएको छ । नेपाली बजारमा सूपथ मूल्यको एक्यूफिटका उत्पादनहरुलाई ग्राहकको रुचिअनुसार विस्तार गर्ने क्रममा एक्यूफिट डब्लू ६ फिटनेस वेयरेबल लन्च गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा कम्पनीले थप वेयरेबल समेत लन्च गर्ने योजनामा छ ।

एक्यूफिट डब्लू ६ मा अविश्वसनीय स्मार्ट सहायक क्षमताहरू छन् । संगीत नियन्त्रण, कल र सन्देश नोटिफिकेसन, रिमाइन्डर, सामाजिक मिडिया सूचना, र क्यामरा नियन्त्रणलगायतका सुविधाहरुले प्रयोगकर्ताहरुलाई फोन बाहिर झिकिरहनुपर्ने समय बचत गर्नेछ । डब्लू ६ स्मार्ट वाचलाई आईपी ६८ रेटिङको साथ प्रमाणित गरिएको छ, यसको अर्थ यो पानी र धूलो प्रतिरोधी छ । साथै एक्यूफिट डब्लू ६ ले स्वास्थ्य र फिटनेस लक्ष्यहरूमा मद्दत गर्न प्रयोगकर्ताहरूको कदम, मुटुको गति, अक्सिजन स्तर, निद्राको गुणस्तर, क्यालोरी बर्न र अन्य विषयहरु सक्रियरुपमा जाँच गर्न सहयोग गर्दछ ।

स्मार्ट वाचले रियलटेकको नयाँ जेनरेसन चिपसेटद्वारा सञ्चालित २०० एमएएच ब्याट्री फिचर गर्दछ । यो दैनिक प्रयोगको साथ ७ देखि १० दिन र स्ट्यान्डबाइमा ३० दिनसम्म रहन्छ । यसले कम ऊर्जा खपत गर्ने र ब्लुटुथ ५.० का साथ उच्च कार्यसम्पादन प्रदान गर्ने बाह्य उपकरणहरू समावेश गर्दछ । नेपाली बजारमा एक्यूफिट डब्लू ६ स्मार्ट वाचको लन्चिङ्ग अफर मूल्य चार हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया