Techie IT
×
गृहपृष्ठकर्पोरेटचांगन अटोको प्रिमियम पिक–अप ‘हन्टर’को बुकिङ खुल्ला

चांगन अटोको प्रिमियम पिक–अप ‘हन्टर’को बुकिङ खुल्ला


काठमाडौं । चांगन अटोले आफ्नो प्रिमियम पिक–अप ‘हन्टर’को बुकिङ खुल्ला गरेको छ । कम्पनीले यसको सुरुवाती मूल्य ७५ लाख ५० हजार रुपैयाँ कायम गरेको छ । कम्पनीका अनुसार यो मूल्य पहिलो ३० ग्राहकमा मात्रै लागू हुनेछ । हन्टर सबै खाली भूभाग र बाटोको लागि उचित भएको हुनाले नेपाली ग्राहकहरुको लागि सही रोजाइ हुनसक्ने कम्पनीको भनाइ छ ।

हन्टरमा १.९ टर्बोचाज्र्ड इन्जिन छ, जसमा १९१० सीसीको डिसप्लेसमेन्ट छ । यसले १५० एचपी पावर र ३५० एनएम टर्क उत्पादन गर्दछ । यस प्रिमियम पिक–अपको ग्राउन्ड क्लियरेन्स २३० एमएम हो, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसले एक टनको पेलोड वजन उठाउन सक्छ । हन्टर ६–स्पिड अटोमेटिक गियर ट्रान्समिसनको साथमा आउने गर्दछ, जसले आफैँ रोडको कन्डिसनअनुसार गियर बदल्न मद्दत गर्दछ ।

हन्टरको अरु विशेषताहरुमा १० इन्चको एचडी इन्फोटेनमेन्ट टच स्क्रिन, पुस इन्जिन स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल रहेको छ । यसमा आरामदायी पावर अस्सिसटेड सिट पनि छ । साथ–साथै, हन्टरमा स्पोर्ट मोड र इको–मोड पनि छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया