Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुथ इन्नोभेसन एक्सिलिरेसन क्याम्पका लागि ओप्पोद्वारा यूएनडीपीसँग सहकार्य

युथ इन्नोभेसन एक्सिलिरेसन क्याम्पका लागि ओप्पोद्वारा यूएनडीपीसँग सहकार्य


काठमाडौं । दिगो विकासतर्फ युवा उद्यमीहरुको सशक्तीकरणार्थ युथ इन्नोभेसन एक्सिलिरेसन क्याम्पका लागि ओप्पोले द युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) सँग सहकार्य गरेको छ । ओप्पो र यूएनडीपीद्वारा आयोजित तथा चाइना आलियान्स अफ सोसियल भ्यालु इन्भेष्टमेन्ट (सीएएसभीआई)द्वारा समर्थित, द युथ इन्नोभेसन एक्सिलिरेसन क्याम्प गत डिसेम्बर १४ देखि १७ सम्म चीनको शेन्जेनमा आयोजना गरिएको थियो ।

सामाजिक उद्यमीहरुलाई सशक्त बनाउने तथा लगानी, औद्योगिक र शैक्षिक संसाधन तिनको पहुँचमा पु-याउन सघाउनुका साथै यूएन २०३० एजेन्डा फर सस्टेनेबल डेभलपमेन्ट गोल्स (एसडीजी एस)का लक्ष्य प्राप्ति उद्देश्यका साथ क्याम्पको आयोजना गरिएको हो । यस वर्ष आयोजित यूथ इन्नोभेसन एक्सिलिरेसन क्याम्प विशेषतः तीन प्रमुख विषयमा केन्द्रित रहेको थियो । पर्यावरण संरक्षण, डिजिटल समावेशिता र स्वास्थ्य तथा कल्याण (वेल बिइङ) मा केन्द्रित रहेर क्याम्प सञ्चालन गरिएको ओप्पोले जनाएको छ ।

शृंखलाबद्धरुपमा एन्जिल– लगानी गरिएका स्टार्टअपदेखि लिएर ‘ए’ कोष भएकाहरुसम्म गरी समग्रमा २० युवा–नेतृत्वसहितका प्राविधिक स्टार्ट–अप्सलाई क्याम्पमा आमन्त्रित गरिएको थियो । क्याम्पमा औद्योगिक पार्टनर्स तथा लगानीकर्ताहरुलाई पनि व्यापार विश्लेषण, बजारीकरण, प्रभाव वित्तपोषण र डिजाइन सोच अन्तर्गतका सत्रहरुमा बोल्नका लागि आमन्त्रित गरिएको थियो । विभिन्न उद्यमीहरुको मागलाई आत्मसात् गर्दै शिविरमा स्टार्ट–अप फेयर र वान–अन–वान मेन्टरिङ जस्ता परामर्शदायी सत्रहरु पनि समाविष्ट गरिएका थिए । यसले तिनीहरुको व्यावसायिक मोडललाई थप विकसित गर्न मद्दत पुगेको थियो ।

शिविरको अन्तिम दिन ‘डेमो डे’को आयोजना गरिएको थियो । यसअन्तर्गत छनोटमा परेका १० स्टार्ट–अप्सले तिनका नवप्रवर्तनात्मक व्यापार मोडल र विचार औद्योगिक पार्टनर्स तथा लगानीकर्तामाझ प्रस्तुत गरेका थिए । कार्यक्रमअन्तर्गत दुई सामाजिक उद्यमहरुलाई मोस्ट प्रोमिसिङ स्टार्ट–अप अवार्डबाट सम्मानित गरिएको थियो । सहरी जलमार्गहरुका लागि ओर्काउबोटको स्वचालित रोबोटिक्स सञ्चालनमार्फत तैरिरहेका फोहोर सफाइका साथै यसको बौद्धिक मर्मत तथा व्यवस्थापन समाधानको अभूतपूर्व कार्यकौशलका साथै यसले खर्चमा समेत ६० प्रतिशत कटौती दिन्छ ।

त्यसैगरी, ब्ल्यूविन्डले उच्च कार्बन उत्सर्जन गर्ने उद्यमहरुका लागि स्व–विकसित कार्बन नियन्त्रण प्रविधिमार्फत प्राविधिक समाधान उपलब्ध गराउँछ । अगष्ट २०२१ मा एक वर्षे पार्टनरशिपमा प्रवेश गरेदेखि ओप्पो र यूएनडीपीले १ मिलियन सीएनवाई (करिब एक सय ५७ हजार यूएसडी) युवा नवाचार अनुदानको स्थापना र युवा उद्यमी तथा सामाजिक नवप्रवर्तकहरुलाई एसडीजीका लक्ष्यप्राप्तिका लागि समाधान उपलब्ध गराउने कार्यमा सघाउन संयुक्तरुपमा विभिन्न तवरमा कार्य गरिसकेको छ । २०२१ नेशनल डायलग चाइनाको एक पार्टनरका रुपमा आठ उल्लेखनीय उद्यमशील परियोजनाहरुका लागि ओप्पोले तीन लाख सीएनवाई (करिब ४६ हजार यूएसडी) ओप्पो इन्नोभेशन ग्रान्ट्स प्रस्ताव गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया